arin enterprises

उपनिर्वाचनको आचारसंहिता लागू

SamacharDesk | २०७९ चैत्र २४, शुक्रबार

आगामी वैशाख १० गते हुने प्रतिनिधिसभाका तीन वटा क्षेत्रको उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ ।

तनहुँ, चितवन र बारा जिल्लामा उपनिर्वाचन लागू हुने भए पनि आचार संहिता भने देशैभर लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको छ ।

निर्वाचनको मतगणना सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने छ । तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि ६५ जनाको उम्मेदवार कायम भएको जनाएको छ । बारा र चितवनमा दुई दुई जना उम्मेदवारले नाम फिर्ता लिएपछि ६५ जनाको उम्मेदवारी कायम भएको हो ।

आयोगले हिजो उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्दै उनीहरुलाई निर्वाचन चिन्ह समेत प्रदान गरेको छ । चुनाव चिन्ह प्रदान गरेसंगै उम्मेदवारहरुको घरदैलो लगायतका प्रचार पनि शुरु भएको छ ।

Categorized in राष्ट्रिय