उपनिर्वाचनमा स्वीकृति विना सवारी साधन चलाएमा २५ हजार जरिवाना
SamacharDesk | २०८१ मङ्सिर १०, सोमबार

निर्वाचन आयोगले आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका दिन अनुमति विना सवारी साधन नचलाउन आदेश दिएको छ ।
अनुमति बिना सवारी सधान सञ्चालन गरेको पाइए २५ हजार रुपियाँसम्म जरिवाना गरिने आयोगले जनाएको छ ।
आयोगले एक विज्ञप्ति जारी गर्दै आयोगका सहसचिव एमव् प्रवक्ता नीता पोखरेल अर्यालले चुनावको दिन अनुमति बिनाका सवारी साधन सञ्चालन गरेको पाइए २५ हजार रुपियाँ जरिवाना तोकिएको जानकारी दिनुभएको छ ।
आयोगको विज्ञप्तिमा निर्वाचन प्रचारको सिलसिलामा राजनीतिक दल तथा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको संख्या बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएको बाहेक अन्य सवारी साधन प्रयोग गर्न वा गराउन नपाउने प्रावधान रहेको उल्लेख छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । उपनिवार्चनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्ले निर्णय गरे अनुसार राष्ट्रपति पौडेलले सेना परिचालनको स्वीकृति दिनुभएको हो ।
Categorized in राष्ट्रिय