arin enterprises

आयोगद्वारा दल दर्ता गर्न सूचना जारी

SamacharDesk | २०८१ आश्विन १०, बिहिबार

स्थानीय तह सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजबाट दल दर्ता आव्हान गरेको छ ।

स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते गरिने यसअघि नै निर्णय भइसकेकोले आयोगले एक सूचना प्रकाशित गरी दल दर्ताका लागि आह्वान गरेको हो ।

दल दर्ताका लागि नेपालका दलहरुले असोज १६ गतेभित्र कार्यालय समयभित्र दल दर्ता गर्न उक्त सूचनामा उल्लेख गरिएको छ ।

देशभर स्थानिय तहमा अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षहरु गरि रिक्त ३९ पदमा उपनिर्वाचन हुन लागेको हो ।

दल दर्ताका लागि निवेदन दिँदा राजनीति दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

दलको विवरण, वार्षिक लेखा परीक्षण प्रतिवेदन, संगठनात्मक स्वरुपसहितका आवश्यक कागजात दल दर्ताका लागि निवेदन दिँदा पेस गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।

शीर्ष राजनीतिक दलहरुले यसपटक एक्ला एक्लै चुनाव लड्ने तयारी गरेका छन् ।

Categorized in राष्ट्रिय