आयोगले मतादाता नामावली दर्ता सुरु गर्यो
SamacharDesk | २०८१ मङ्सिर २३, आइतबार
निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य आजदेखि सुचारु हुने जनाएको छ ।
स्थानीय निर्वाचनका कारण स्थगित भएको मतदाता नामावली दर्ता कार्य आजदेखि पुनः सुचारु गर्न लागिएको हो ।
आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुचारु गर्ने जनाएको छ । आयोगले देशभरबाट नियमित रुपमा मतदाता नामावली दर्ता कार्य सूचार गरिसकेको थियो ।
हाल स्थानीय तहको उपनिर्वाचन सफतापूर्वक सम्पन्न भई परिणाम समेत आएर विजयी उम्मेदवारहरुले पदवहाली समेत गरिसकेको हुनाले आयोगले पुनः सो कार्य सुचार गर्न लागिएको आयोगले जनाएको छ ।
Categorized in राष्ट्रिय