arin enterprises

उपसभामुख पदका लागि आज चुनाव

SamacharDesk | २०७९ आषाढ ३१, शुक्रबार

झण्डै साढे दुई वर्षदेखि रिक्त रहेको उपसभामुख पदका लागि आज अपरान्ह तीन बजे निर्वाचन हुँदैछ । यसका लागि हिजो मनोनयन दर्ता गरेको थियो ।

मनोनय दर्तामा कांग्रेसबाट सांसद पुष्पा भुसाल र नेकपा एमालेबाट विद्या भट्टराई मनोनय दर्ता गरेका छन् । आज दिउँसो तीन बजे हुने चुनावबाट उपसभामुख छान्ने छ ।

मनोनय दर्तामा भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङ रहनुभएको छ भने नेकपा एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीले समर्थन गर्नुभएको छ ।

यसैगरी नेकपा एमालेले विद्या भट्टराईलाई अघि सारेको छ । भट्टराईको प्रस्तावक प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहनु भएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद रिक्त छन् भने चार जना निलम्बनमा परेका छन् । बाँकी रहेका २६६ जनाले मतदान गर्न पाउँछन् । उपसभामुख जित्नका लागि १३४ मत आवश्यक पर्छ ।

गठबन्धनसँग हाल कांग्रेसका ६१, माओवादीका ४९, नेकपा एसका २४ सांसद छन् । जसपाका केही सांसद बाबुरामतिर छन् भने केही तटस्थ रहेका छन् । गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाका एक सांसद छन् भने नेपाल मजदुर किसान पार्टी र राप्रपाका एक–एकजना सांसद छन् ।

सत्ता गठबन्धनकी उम्मेदवार भुषाल उपसभामुख बन्ने निश्चित जस्तै देखिएको छ ।

Categorized in राजनीति