arin enterprises

आमनिर्वाचन २०७९ : ताजा अपडेट

SamacharDesk | २०७९ मङ्सिर ११, आइतबार

जारी प्रतिनिधिसभा तथा प्रदेशसभाको मतगणना अनुसार अहिलेसम्म प्रतिनिधिसभा सदस्य १६५ क्षेत्र मध्ये १५६ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

घोषित परीणाम अनुसार नेपाली कांग्रेस ५३ स्थानमा विजयी हुँदा नेकपा एमाले ४१ सिटका साथ दोस्रो स्थानमा रहेको छ ।

यस्तै, नेकपा माओवादी केन्द्र १७, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७ , जनता समाजवादी पार्टी ६, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाले एक–एक स्थानमा जित हासिल गरेका छन् ।

५ ठाउँमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् । पछिल्लो मत परिणाम अनुसार रामेछापबाट नेपाली कांग्रेसका पूर्णहादुर तामाङ ४७ हजार ९८ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्दी एमालेका कैलाश ढुंगेलले ३० हजार ७२९ मत प्राप्त गर्नुभयो ।

महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो कोइरी २३ हजार ८७४ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्दी माओवादीका गिरिराजमणि पोखरेललाई २३ हजार २४५ मत प्राप्त गर्नुभयो ।

अहिले देशका ६ निर्वाचन क्षेत्रमा मतगणना जारी छ । मतगणना जारी रहेका ३ ठाउँमा कांग्रेसले अग्रता लिएको छ भने २ ठाउँमा नेकपा एमालेको अग्रता छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एक एक ठाउँमा अग्रता लिइरहेको छ । स्याङ्जा २, दोलखा र बाजुरमा भने मतगणना सुरु हुन सकेको छैन ।

यता प्रतिनिधिसभा तथा प्रदेशसभामा समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै छ । निर्वाचन आयोगको तथ्यांकअनुसार एमालेले प्रतिनिधिसभातर्फ २२ लाख ७३ हजार बढी मत प्राप्त गरेको छ ।

२१ लाख ६९ हजार मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्र ९ लाख ५१ हजारभन्दा बढी मत ल्याएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १५ हजार, राप्रपा ४ लाख ८३ हजार, जसपा २ लाख ७३ हजार तथा एकीकृत समाजवादीले २ लाख १४ हजार बढी मत ल्याएका छन् ।

प्रदेशसभातर्फको समानुपातिक मतमा पनि एमालेले नै अग्रता लिएको छ । मुलुकका सातप्रदेश मध्ये ६ प्रदेशमा एमालेको मत बढी छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजारभन्दा बढी मत ल्याउनुपर्ने छ ।

Categorized in राष्ट्रिय