arin enterprises

दल दर्ताका लागि आयोगको आह्वान

SamacharDesk | २०७९ फाल्गुण ८, सोमबार

निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।

आयोगले सूचना निकालेर फागुन १० देखि १६ सम्म दल दर्ताको मिति तय गरेको हो । यही फागुन ५ सम्म दर्ता कायम रहेका राजनीतिक दललाई दल दर्ता गर्न आह्वान गरिएको छ ।

नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिन सूचित गरिएको आयोगद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गर्ने तयारी छ । उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यातालिकासमेत सार्वजनिक गरिसकेको छ ।

आगामी चैत २० लाई उम्मेद्वारी मनोनयनको कार्यतालिका सार्वजनिक भएको छ ।

Categorized in राष्ट्रिय