देशभर उपनिर्वाचनको लागि मतदान
SamacharDesk | २०८१ मङ्सिर १६, आइतबार

स्थानीय तहमा रिक्त देशभरका ४१ पदमा आज मतदान भइरहेको छ ।
विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान चल्नेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी देशभर ४१ पदका लागि उपनिर्वाचन भईरहेको हो ।
उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
आपूmले चुनेका जनप्रतिनिधिलाई मतदान गर्न मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भएर निर्धक्क भई मतदान गर्न निर्वाचन आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।
निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा ब्यबस्था कडा तुल्याइको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा आज सार्वजनिक बिदा दिइएको छ । मतदान सकिएपछि आजै मतगणना सुरु गरिनेछ ।
Categorized in राष्ट्रिय