टी–२०मा इंग्ल्यान्डको कीर्तिमानी स्कोर
SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष ४, बुधबार

इंग्ल्यान्डले टी–२० खेलमा कीर्तिमानी २ सय ६७ रन बनाएको छ । इंग्ल्यान्डले घरेलु टिम वेस्ट इन्डिजविरूद्धको चौथो टी–२० खेलमा उक्त रन बनाएको हो ।
यो इंग्ल्यान्डका लागि टी–२० अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो स्कोर हो भने समग्र टिममा भने यो पाँचौ ठूलो स्कोर हो । सर्वाधि स्कोरको रेकर्ड नेपालको नाममा छ ।
घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ३ विकेटको क्षतिमा यो स्कोर बनाएको हो ।
इंग्ल्यान्डले कीर्तिमानी रन बनाउँदा ओपनर फिल साल्टले ११९ रनको शतकिय पारि खेले ।उनले टी–२० मा लगातार दोस्रो शतक प्रहार गर्ने क्रममा ५७ बलमा ७ चौका र १० छक्का प्रहार गरेका थिए ।
कप्तान जोस बटलरले २९ बलमा ५५ रन जोडे भने लियाम लिभिङस्टोनले २१ बलमा नटआउट ५४ रनको योगदान गरेका थिए ।
२६८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५.३ ओभरमा १९२ रनमा अलआउट हुँदा खेल इंग्ल्यान्डले ७५ रनले जित्यो ।
यससँगै चार खेलको सिरिजमा दुई दुई को बराबरी भएको छ ।
बलिङमा इंग्ल्यान्डका रीस टोपलेले ३ विकेट लिए भने साम कुरान र रेहन अहमदले २–२ विकेट हात पारे ।
टी–२० अन्तराष्ट्रियका सर्वाधिक स्कोरहरु
नेपाल – ३१४ मंगोलियाविरुद्ध
अफगानिस्तान – २७८ आयरल्यान्डविरुद्ध
चेक – २७८ टर्कीविरुद्ध
मलेसिया – २६८ थाइल्यान्डविरुद्ध
इंग्ल्यान्ड– २६७ वेस्ट इन्डिजविरुद्ध
Categorized in स्पाेर्ट्स