म्यान्चेस्टर सिटी उक्लियो शिर्ष स्थानमा
SamacharDesk | २०८१ बैशाख ३०, आइतबार

फुल्हमलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ ।
गएराति फुल्हमको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी ४–० ले विजयी भयो । सिटीका लागि डिफेन्डर जोस्को भार्डियोलले दुई गोल गर्दा फिल फोडेन र जुलियन अल्भारेजले एक एक गोल गरे ।
प्रिमियर लिगकै अर्को खेलमा गएराति चेल्सीले नटिङ्घम फरेष्टलाई ३–२ ले हराउँदा टोटनह्याम हट्सपरले बर्न्लेमाथि २–१ को जित निकाल्यो । हारसँगै बर्न्ले प्रिमियर लिगबाट रेलिगेशनमा परेको छ ।
गएराति भएका अन्य खेलहरुमा एभर्टनले शेफिल्ड युनाइटेडलाई १–० ले हराउँदा वेष्ट ह्याम युनाइटेडले लुटन टाउनलाई ३–१ ले पाखा लगायो । क्रिष्टल प्यालेसले वुल्भरह्याम्पटन वान्डरर्समाथि ३–१ को जित निकाल्यो ।
गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३६ खेलबाट ८५ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा उक्लिंदा ८३ अंकसहित आर्सनल दोस्रो स्थानमा झरेको छ ।
आर्सनलले आज बेलुकी म्यान्चेस्टर युनाइटेडसँग खेल्नेछ ।
Categorized in स्पाेर्ट्स