साउथह्याम्पटलाई हराउँदै लेस्टर सिटी दोश्रो स्थानमा
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ ४, आइतबार

इङ्गलिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले दोश्रो स्थान कब्जा गरेको छ । गएरातिको खेलमा साउथह्याम्पटनलाई हराउँदै लेष्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
खेलमा सिटीले साउथह्याम्पटलाई २–० गोल अन्तरले पराजित गर्यो ।
सिटीलाई जित दिलाउन जेम्स म्याडिसन र हार्भे वार्न्सले एक–एक गोल गरे । जेम्सले खेलको ३७ औं मिनेटमा गोल गरे भने बार्न्सले खेलको अन्तिम समयतिर इन्जुरी समयको पाँचौ मिनेटमा गोल गरे ।
यस खेलपछि दोश्रो स्थानमा पुगेको लेस्टर सिटीको १८ खेलबाट ३५ अंक भएको छ ।
प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले फुल्हमलाई १–० ले हरायो । चेल्सीलाई जित दिलाउन मेसन माउण्टले ७८ औं मिनेटमा निर्णायक गोल गरे ।
त्यसैगरी गएराति वेष्ट ह्याम युनाईटेडले बर्न्लेलाई १–० ले हरायो भने वेष्ट ब्रोमले वुल्भरह्याम्पटन वान्डरर्समाथि ३–२ को जित हासिल गर्यो । ब्राइटनले लिड्स युनाईटेडमाथि १–० को जित निकाल्यो ।
गएरातिको खेलहरुपछि इंग्लीश प्रिमियर लिगको अंक तालिकामा म्यानचेस्टर युनाइटेड १७ खेलबाट ३६ अंकसहित शिर्ष स्थानमै कायम छ ।
Categorized in स्पाेर्ट्स