इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानयु शिर्ष स्थानमा
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ पौष २९, बुधबार

इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेल जित्दै म्यानचेस्टर युनाइटेड शिर्ष स्थानमा पुगेको छ । गएराति अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलेलाई १–० ले पराजित गरेको हो ।
खेलमा ७१ औं मिनेटमा म्यानयुका पउल पोग्बाले गरेको गोल नै खेलको निर्णायक बन्यो ।
यो जितसँगै१७ खेलबाट ३६ अंक जोड्दै म्यानयु अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ ।
दोस्रो स्थानमा रहेको लिभरपुलले समान १९ खेलबाट ३३ अंक बटुलेको छ । समान १७ वटै खेल खेलेर ३२ अंकका साथ लेस्टर सिटी तेश्रो स्थानमा छ ।
वुल्भ्स एभर्टनसँग पराजित
गएराति नै सम्पन्न अर्को खेलमा एभर्टनले वुल्भ्सलाई २–१ ले पाखा लगाएको छ ।
खेलको छैठौं मिनेटमै गोल गर्दै एलेक्स लोउबीले एभर्टनलाई अग्रता दिलाए । तर १४ औं मिनेटमै गोल गर्दै वुल्भ्सका रोबिन नेभिसले खेललाई बराबरीमा ल्याए ।
७७ औं मिनेटमा माइकल कीनले एभर्टनका लागि दोश्रो गोल गर्दै टिमको जित सुनिश्चित बनाए ।
लिगको तालिकामा एभरटन १७ खेलबाट ३२ अंकसहित चौथो स्थानमा छ ।
शेफिल्डले पाखा लगायो
न्युक्यासललाई त्यस्तै गएराती नै भएको अर्को खेलमा न्युक्यासल शेफिल्ड युनाइटेडसँग १–० ले पराजित भएको छ ।
खेलको ७३ औं मिनेटमा बिल्ली सार्पले गोल गर्दै शेफिल्डको जितको निर्णय गरे । बिल्लीले पेनाल्टीमार्फत गोल गरेका थिए ।
४५ औं मिनेटमा रायन फ्रेजर रातो कार्ड खाँदै बाहिरीएपछि न्युक्यासल १० खेलाडीमा सिमित बनेको थियो ।
Categorized in स्पाेर्ट्स