arin enterprises

वरिष्ठ निर्देशक जोशीको रचनामा ६४औं गीत रेकर्ड गरियो

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १६, मंगलबार

उत्कृष्ट निर्देशकको रुपमा राष्ट्रिय पुरस्कार समेत पाइसकेका वरिष्ठ निर्देशक पवन जोशीको रचनामा नयाँ गीत रेकर्ड भएको छ ।

वरिष्ठ निर्देशक जोशीको नयाँ गीत ‘चुरा पोते लिएर आउ है’ गायिका कृष्णा महर्जनको स्वरमा रेकर्ड भएको हो । निर्देशक जोशीको रचनामा यो ६४औं रेकर्डिङ हो ।

जोशीका शब्दलाई संगीतवद्ध गर्नुका साथै संगीत संयोजन गर्ने काम अनिल तुलाधरले गरेका छन् ।

‘प्रेममा धोका पाउनु भन्दा सतर्कता अपनाई प्रेमीको वाचा लिउँ भन्ने भावनालाई शब्दमा पोख्न खोजेको छु’ निर्देशक साथै रचनाकार जोशीले भने ।

गीतका शब्दहरुको भावलाई बुझेर सोही अनुसार संगीत दिन प्रयास गरेको छु’ संगीतकार तुलाधरले भने ।

श्रोताले गीतलाई मनपराइदिनेमा आफु निकै आशावादी रहेको गायिका महर्जनको भनाई छ ।

Categorized in पेजथ्री