इंग्लिस प्रिमियर लिग जुनको तेस्रो हप्तादेखि हुँदै
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १६, शुक्रबार

इंग्लिस प्रिमियर लिगको बाँकि खेलहरु आगामी जुन १७ देखि सुरु हुने भएको छ ।
कोरोना महामारीका कारण स्थगित भइ सुचारु हुने लिगको पहिलो दिनको खेलमा म्यानचेस्टर सिटी विरुद्ध आर्सनलको खेल हुने छ भने अर्को खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेड आमने सामने हुनेछन् ।
कोरोना भाइरस महामारीको कारण १३ मार्चवाट इएफए कपको खेलहरु स्थगित भएको थियो ।
लिगले जारी गरेको विज्ञप्ती अनुसार, कोरोना भाइरसको कारण सरेको इएफए कप अन्तर्गतको एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीचको खेल अब जुन १७ मा हुनेछ ।
१९ जुनबाट लिगको पूर्ण राउन्ड सुरु हुनेछ । जसका लागि प्रिमियर लिग क्लबहरुसँग छलफल गरेपछि पूर्ण तालिका सार्वजनिक हुनेछ ।
कोरोना भाइरसबाट जोगिनका लागि विभिन्न सुरक्षाका उपायहरु अपनाइ खेलहरु खेलाइनेछ ।
संक्रमणको जोखिमलाई ध्यानमा राखेर लिगका खेलहरु खाली रंगशालामा हुनेछन् । लिगका लागि सुरक्षा निर्देशिका जारी गर्न भने बाँकी छ ।
Categorized in स्पाेर्ट्स