arin enterprises

साविक विजेता लिभरपुलमाथि व्राइटनकाे जित

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ २२, बिहिबार

ईङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा साविक विजेता लिभरपुल ब्राइटनसँग पराजित भएको छ । ब्राइटनले लिभरपुललाई उसकै मैदान एनफिल्डमा १–० ले हराएको हो ।

खेलमा ब्राइटनलाई जित दिलाउन ५६ औं मिनेटमा स्टेभन एलजाटेले गरेको गोल नै निर्णायक बन्यो ।

यो जितसँगै १५ औं स्थानमा रहेका ब्राइटनको २२ खेलबाट २४ अङ्क भएको छ भने साविक विजेता लिभरपुल समान २२ खेल खेल्दै ४० अङ्क बटुलेर चौथो स्थानमा छ ।

लिग अन्तर्गत गएराति नै सम्पन्न अर्को खेलमा वेस्टह्यामले एस्टन भिल्लालाई ३–१ गोलले हराएको छ । वेस्ट ह्यामलाई जित दिलाउन जेस्से लिङगार्डले दुई गोल गरे भने टोमस सुसेकले एक गोल गरे । एस्टनबाट ओल्ली वाट्किन्सले एक गोल फर्काए ।

पाँचौ स्थानको वेस्ट ह्यामको २२ खेलबाट ३८ अङ्क पुगेको छ भने २० खेलबाट ३२ अङ्कसहित एस्टन नवौं स्थानमा रहेको छ ।

त्यसैगरी छैठौं स्थानको एभर्टनले ११ औं स्थानको लिड्स युनाइटेडलाई २–१ ले हराएको छ । गिल्फि सिगुरसन र डोमिनिक क्यालभर्ट लेविनले एक÷एक गोल गर्दै एभर्टनलाई जित दिलाए भने पराजित टोली लिड्सका लागि राफिन्हाले एक गोलको सान्त्वना दिएका थिए ।

एभर्टनको २० खेलबाट ३६ अङ्क छ भने लिड्सले २१ खेलबाट २९ अङ्क बटुलेको छ ।

त्यस्तै फुलहमलाई लेस्टर सिटीले २–० ले पाखा लगाएको छ । लेस्टरलाई केलेचि र जेम्स जस्टिनले एक÷एक गोल गर्दै जित दिलाएका थिए । २२ खेलबाट ४२ अङ्क जोड्दै लेस्टर लिगको तेश्रो स्थानमा छ भने १८ औं स्थानमा रहेको फुलहमको २१ खेलबाट १४ अङ्क छ ।

म्यानसिटीले हरायो बर्न्लेलाई

ईङ्गलिस प्रिमियर लिग अन्तर्गत नै हिजो राती सम्पन्न खेलमा शिर्ष स्थानको म्यानचेस्टर सिटीले बर्न्लेलाई पराजित गरेको छ ।

म्यानसिटीले बर्न्लेलाई उसकै मैदान टर्फ मुरमा भएको खेलमा २–० ले हराएको हो ।

म्यानसिटीलाई जित दिलाउन खेलको तेश्रो मिनेट ग्राबियल जिससले गोल गर्दै टिमलाई अग्रता दिए भने ३८ औं मिनेटमा राहिम स्टर्लिङले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

शिर्ष स्थानको म्यानसिटीको २१ खेलबाट ४७ अङ्क बनेको छ भने २१ खेलबाट २२ अङ्कसहित बर्न्ले १७ औं स्थानमा छ ।

Categorized in स्पाेर्ट्स