शिर्ष स्थानको लिभरपुल न्यूकासलसँग बराबरीमा रोकियो
SamacharDesk – बिकाश | २०७७ पौष १६, बिहिबार

इंग्लीश प्रिमियर लिग फुटबल अन्गर्तत गएरातीको खेलमा लिभरपुल न्युकासल युनाईटेडसँग बराबरीमा रोकिएको छ ।
न्युकासल युनाईटेडको मैदानमा भएको खेलमा लिभरपुल न्यूकासलसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो ।
खेलमा जित हासिल गर्न नसकेपनि लिभरपुल अंका तालिकाको शिर्ष स्थानमै यथावत छ ।
लिभरपुलको १६ खेलबाट ३३ अंक छ । त्यस्तै १५ खेलबाट ३० अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहेको छ ।
प्रिमियर लिग फुटबल अन्तगत नै गएरातिको लागि तय भएको टोटनह्याम हट्सपर र फुल्हमबीचको खेल भने स्थगित भएको छ ।
फुल्हमका केही खेलाडीहरुमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएपछि खेल रद्द गरिएको हो ।
Categorized in स्पाेर्ट्स