म्यानचेस्टर सिटिसँग लिभरपुल स्तब्ध
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ १९, शुक्रबार

इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुलमाथि दोस्रो स्थानको म्यानचेस्टर सिटिले फराकिलो जित हात पारेको छ ।
बिहिबार राति भएको खेलमा म्यानचेस्टर सिटिले लिभरपुललाई ४–० गोल अन्तरले हराएको हो ।
सिटिको घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटिले पहिलो हाफमा नै ३–० को अग्रता बनाइसकेको थियो ।
२५औं मिनेटमा पाएको पेनाल्टीमा केविन डी ब्रुनेले सिटीलाई पहिलो गोल दिए ।
रहिम स्टर्लिंगले ३५औं मिनेटमा र फिल फोडेन ४५औं मिनेटमा एक÷एक गोल गरे ।
त्यस्तै ६६औं मिनेटमा लिभरपुलका एलेक्स अक्सलेड चेम्बरलेनले आफ्नै पोस्टमा आत्माघाति गोल गरेपछि सिटिले ४–० को नतिजासहित म्याच जितेको हो ।
बिहिबार नै भएको अर्को खेलमा शेफील्ड युनाइटेडले टोटनह्यामलाई ३–१ ले हराएको छ ।
लिगको उपाधि जितिसकेको लिभरपुलले ३२ खेलबाट ८६ अंक जोड्दै शिर्ष स्थानमा छ । म्यानचेस्टर सिटि समान खेलमा ६६ अंक जोड्दै दोस्रो स्थानमा यथावत छ ।
Categorized in स्पाेर्ट्स