arin enterprises

सय दिनपछि इपिएल सुचारु

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ४, बिहिबार

कोरोना महामारीको कारण मार्चको दोस्रो हप्ताबाट स्थगित विश्वको सबैभन्दा लोकप्रिय इङ्गलिस प्रिमियर लिग (ईपिएल) सय दिन पछि फेरी मैदानमा फर्केको छ ।

महामारीका बीचमा बुधवार सुचारु भएको ईपिएलको पहिलो खेलमा एस्टन भिल्लाले आफ्नै घरेलु मैदान भिल्ला पार्क स्टेडियममा सेफिल्ड युनाइटेडसँग गोलरहित बराबरी खेलेको छ ।

त्यस्तै बिहिवार रातिको अर्को खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई ३(० ले हराएको छ । 

खेलमा पहिलो हाफको इन्जुरी टाइममा रहिम स्टर्लिङ्गले ४७ औं मिनेटमा गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाए ।

दोस्रो हाफको ४९औं मिनेटमा डेभिड लुइजले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो ।

५१ औं मिनेटमा म्यानचेस्टर सिटीले पाएको पेनाल्टीलाई कप्तान केविन डी ब्रुनले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाए । 

त्यस्तै दोस्रो हाफको इन्जुरी टाइममा ९२ औं मिनेटमा फिल फोदेनले गोल गर्दै म्यानचेस्टरलाई ३-० को नतिजा सहितको जित दिलाए । 

दुवै खेलमा खेल सुरु हुनु भन्दा अघि खेलाडिहरुले मैदानमा एउटा घुँडा टेकि ब्ल्याक लाइभ्स् म्याटर्स आन्दोलनको समर्थन गरेका थिए ।

यो जितसँगै लिगमा म्यानचेस्टर सिटीले लिभरपुलसँगको अंक दुरी २२ मा झारेको छ ।

लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको २९ खेलबाट ८२ अंक छ । म्यानचेस्टर सिटीले पनि २९ वटै खेल खेलेर ६० अंक बटुलेको छ । 

त्यसैगरी, तेस्रो स्थानको लेस्टर सिटिको ५३, चौथो स्थानको चेल्सीको ४८ अंक र पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडको ४५ अंक रहेको छ ।

Categorized in स्पाेर्ट्स