हालाण्डले जिते प्रिमियर लिगको गोल्डेन बुट
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १५, सोमबार

इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड एर्लिङ हालाण्डले जितेका छन् ।
म्यानचेस्टर सिटीका फरवार्ड हालाण्डले प्रिमियर लिग २०२२/२३ सिजनको सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जितेका हुन् ।
यो सिजन उनले ३६ गोल गरे । हालाण्डले प्रिमियर लिग आएको पहिलो सिजन नै गोल्डेन बुट जितेका हुन् ।
सिटीलाई उपाधि दिलाउन हालाण्डले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यस्तै गोल्डेन गोल्भ्स अवार्ड म्यानचेस्टर युनाईटेडका गोलकिपर डेभिड डी गियाले जितेका छन् ।
Categorized in स्पाेर्ट्स