arin enterprises

वुल्फ्समाथि टोटेनह्यामको सानदार जित

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ फाल्गुण १३, बिहिबार

युरोपा लिग अन्तर्गत गएराती सम्पन्न खेलमा टोटेनह्याम हट्सपरले वुल्फ्सबर्गमाथि शानदार जित हात पारेको छ ।

आफ्नै मैदानमा भएको खेलमा टोटेनह्यामले वुल्फ्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

राउन्ड अफ ३२ अन्तर्गत दोश्रो लेगको खेलमा १० औं मिनेटमै डेले अल्लिले गोल गर्दै टोटेनह्यामलाई अगाडी बढाए ।

पहिलो हाफ १–० मा सकिएको खेलमा टोटेनह्यामले दोश्रो हाफमा ३ गोल थपेको थियो ।

कार्लोस भिनिसियसले ५० औं मिनेटमा टिमको अग्रता दोब्बर बनाए भने ७३ औं मिनेटमा ग्यारेथबेलले टिमलाई तेश्रो गोल दिए । ८३ औं मिनेटमा फेरी कार्लोसले नै गोल गर्दै टिमलाई ४–० को जित दिलाए । 

Categorized in स्पाेर्ट्स