एभर्टनले चेल्सीलाई हरायो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २५, सोमबार

इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई हराएको छ । आईतबार एभर्टनले चेल्सीलाई २–० ले हराएको हो ।
गुडसिन पार्कमा भएको खेलमा घरेलु टोलीलाई जिताउन अब्दुलाये डौकौरे र बैकल्पिक खेलाडी लुईस डोबिनले एभर्टनको जितमा गोल गरे ।
डौकौरेले दोस्रो हाफको ५४ औं मिनेटमा गोल गर्दै एभर्टनलाई अघि बढाएका थिए । इन्जुरी समयमा डोबिनले गोल गर्र्दै एभर्टनको जित निश्चित गरेका थिए ।
योसँगै एभर्टनले लगातार तेस्रो खेलमा जित निकाल्ने क्रममा गएराति चेल्सीलाई हराएको हो ।
एभर्टनले सन् २०२१ पछि पहिलो पटक प्रिमियर लिगमा लगातार तीन जित निकालेको हो ।
यो जितपछि एभर्टनले १३ अंक बतुल्दै रेलिगेशन जोन छोडेको छ ।
यस्तै मौरेसियो पोचिटिनोको नेतृत्वमा चेल्सीको लिगमा सातौं हार ब्यहोरेको हो । चेल्सी १९ अंक सहित तालिकाको ११ औं स्थानमा झरेको छ ।
Categorized in स्पाेर्ट्स