arin enterprises

पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या

SamacharDesk | २०८१ श्रावण ७, सोमबार

सर्लाहीमा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका गाउँपालिका–१ का  ८० वर्षीय  रामचन्द्र रायको धारिलो हतियारले टाउकोमा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटनास्थलमा अहिले प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल र सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहसहितको प्रहरी टोली पुगेको छ ।

टोलीले लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेको जनाएको छ । रायको शव पोष्टमार्टमका लागि सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगिएको छ ।

राय करिब ३० वर्षअघि राप्रपाबाट तत्कालिन सरकारको भूमिव्यवस्था राज्यमन्त्री बन्नुभएको थियो ।

Categorized in अपराध