arin enterprises

मानसिक समस्याबारे सुसुचित रहन शिक्षकहरुलाई विज्ञको आह्वान

SamacharDesk – समाचारडेस्क डिस्ट्रिक्ट रिपोर्टर | २०८० चैत्र २९, बिहिबार

समाजमा मानसिक समस्या ब्यापक रुपमा भएको अवस्थामा पनि अधिकांश यसबारे अनभिज्ञ हुँदा धेरै जटिलताहरु भैरहेकोमा विज्ञहरुले जोड दिएका छन् ।

भक्तपुरमा भएको एक कार्यक्रममा वरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा. धनरत्न शाक्यले यस्तो अवस्थामा समाज र युगको सम्बाहक शिक्षकहरुलाई मानसिक समस्याबारे सचेत, सजग र जागरुक भई भुमिका निभाउन आह्वान गरे ।

बालविकास माध्यमिक विद्यालय, भक्तपुरबाट विहिबार आयोजित एक कार्यक्रमका बीच प्रा.डा. शाक्यले मानसिक रोग, यसका लक्षण, कारण, उपचार विधि लगायतको जानकारी समाजमा दिन शिक्षक र सचेत नागरिकले निभाउनुपर्ने भुमिकाबारे प्रकाश पारे ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, बागमती प्रदेश सांसद तथा प्रधानाध्यापक सुरेन्द्र राज गोसाइँ, बागमती प्रदेश सांसद सिर्जना सैंजु र योगेन्द्र बिजुक्छे लगायतको उपस्थिती थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद प्रजापति, विभिन्न शिक्षक प्रतिनिधिहरुले पनि आ–आफ्नो धारणा र नववर्ष २०८१को शुभकामना मन्तव्य राखेका थिए ।

Categorized in समाज