युवा नेत्र सेवाको २८औं मोतिविन्दु शल्यक्रिया शिविर
SamacharDesk | २०८१ मङ्सिर १, शनिबार
युवा नेत्र सेवाले २८औ मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न गरेको छ ।
उज्यालो तर्फको यात्रा नारासहित १९ सय ९५ देखि यस संस्थाले आर्थिक रुपले विपन्न असहाय आँखाका बिरामीहरुको निःशुल्क मोतिविन्दुको शल्यक्रिया गर्दे आएको छ ।
अहिलेसम्म संस्थाले ६० हजार बढीको आँखाको परिक्षण, २५ सय बढीको मोतिविन्दुको शल्यक्रिया गरिसकेको छ । २८औ शिविरमा जहरसिंहपौवा, धर्मस्थली, मनमैजु, बलम्बु, कीर्तिपूर,काठमाडौलगायतका ठाउँमा बिरामीको आँखा परिक्षण गरी शल्यक्रियासमेत गरीएको युवा नेत्र सेवाका अध्यक्ष सिद्धार्थ रञ्जितले जानकारी दिनुभयो ।
उहाँले आगामी दिनमा समेत ग्रामीण क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गरीने र निःशुल्क मोतिविन्दुको शल्यक्रिया र औषधि वितरण गरीने जानकारी दिनुभयो ।
Categorized in समाज