arin enterprises

लिभरपुल चौथो चरणमा

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ पौष २५, शनिबार

एस्टन भिल्लामाथि फराकिलो जित हासिल गर्दै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लिभरपुलले एष्टन भिल्लामाथि ४–१ को फराकिलो गोलअन्तरको जित हासिल गरेको हो ।

खेलमा लिभरपुलले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा ५ मिनेट भित्रमा ३ गोलको वर्षा गरेको थियो ।

साडियो मानेले खेलको चौथो मिनेटमै गोल गर्दै लिभरपुललाई अग्रता दिए । ४१औं मिनेटमा एस्टन भिल्लाका लुइ ब्यारीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोश्रो हाफमा गोलको वर्षा गर्ने क्रममा ६० औं मिनेटमा जर्जिनिओ विनाल्डमलले लिभरपुलका लागि गोल थपे । फेरी ६३औं मिनेटमा साडियो मानेले नै गोल गरे भने ६५ औं मिनेटमा मोहम्मद सालहले लिभरपुललाई चौथो गोल दिए ।

आफ्ना अधिकांश खेलाडी आइसोलेसनमा रहेकाले एस्टन भिल्ला नयाँ अनुहारलाई मैदानमा उतार्न वाध्य भएको थियो ।

वुल्भ्स पनि चौथो चरणमा

एफए कप अन्तर्गत गएराती नै सम्पन्न खेल जित्दै वुल्भ्स पनि चौथो चरणमा प्रवेश गरेको छ ।

वुल्भ्सले क्रिष्टल प्यालेसमाथि १–० कोे जित हासिल गरेको हो ।

खेलमा वुल्भ्सका अदामा ट्राउरेको गोल नै निर्णायक बन्यो । ट्राओरेले खेलको ३५औं मिनेटमा गोल गरेका थिए ।

खेलको बाँकि समयमा दुवै टिमबाट गोल हुन सकेन र खेल वुल्भ्सको पोल्टामा गएको हो ।

Categorized in स्पाेर्ट्स