arin enterprises

चर्चित रक्तदाता मैनालीले गरे आत्मदाह

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ २९, सोमबार

एक सय लिटर भन्दा बढि रक्तदान गरी चर्चा कमाएका रक्तदाता अर्जुन प्रसाद मैनाली मृत अवस्थामा फेला परेका छन् ।

आज सोमबार विहानदेखि वेपत्ता भइरहेका मैनाली अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा कारभित्र जलेको अवस्थामा उनको शव फेला परेको हो ।

पछिल्लो समय अमेरिकामा रहँदै आएका मैनालीले पारिवारीक तनावका कारण आत्मदाह गरेको भनिएको छ ।

आज विहान सम्पर्क विहिन हुनु अघि उनले सामाजिक संजाल फेसबुकमा आफ्नी श्रीमतिको नाममा एक सन्देश लेखेका थिए ।

उक्त सन्देशमा गत अप्रिलमा आफुलाई सालो र सालोकी श्रीमतिले शब्दबाटै मार्न प्रयास गरेको भन्दै आफु परलोक जान लागेको भनेर लेखेका थिए ।

सोही स्टाटसमा आफुले आत्मदाह गर्नलाई नै चार दिन अघि कार भाडामा लिएको समेत लेखेका छन् ।

‘गतबर्ष अमेरिकामा ५० हजारजना राजिखुशी परलोक गएछन । अग्निकोबाटोबाट १ प्रतिशत भन्दा कम गएका रहेछन । यो बाटो ज्यादै नै पिडादायक छ’ मैनालीले लेखेका छन् ।

स्वर्गीय मैनालीको पुस्तक 'The Gift Of Life'

आफ्नो अन्तिम सन्देशमा समेत रक्तदाता मैनालीले रक्तदान सम्वन्धि चिन्ता पोखेका छन् ।

‘मेरो दुःखत निधन भएतापनी मेरा शुभचिन्तकज्युहरुले रक्तदान, रक्तदान उत्प्रेरणा, रक्तदान कार्यक्रम, रक्तदाता संगठन जस्ता कुरालाई निरन्तरता दीइ रहनुहुनेछ भन्ने लागेको छ । ता कि समुदायमा कोही पनि बिरामीहरु रगत अभावले नमरुन’ मैनाली लेख्छन् ।

साथमा आफुले बिगत ३६ वर्षसम्म गरेका कर्म–धर्मलाई ब्लड डोनर्स एसोसिएसन नेपालले प्रकाशन गरेको ’द गिफ्ट अफ लाइफ’ पुस्तकबाट रक्तदानकाबारेमा केही सिकुन, प्रेरित हुन भन्ने इच्छा पनि मैनालीले पोखेका छन् ।

मैनालीले सबैभन्दा धेरै २०६ पटकमा १०२ लिटर रक्तदान गरेका छन् ।

Categorized in समाज