arin enterprises

रहेनन् बलिउडका चर्चित अभिनेता सतीश शाह

SamacharDesk – बिराज | २०८२ कार्तिक ८, शनिबार

बलिउडका चर्चित हास्य कलाकार सतीश शाहको निधन भएको छ । मृगौला रोगबाट पिडित शाहको ७४ वर्षको उमेरमा आज (शनिबार) दिउँसो २ः३० बजे निधन भएको हो ।

स्वर्गीय शाहका साथी अशोक पंडितले सामाजिक संजालमा लेख्दै शाहको निधन भएको जनाएका हुन् । पंडितले सामाजिक संजाल एक्समा एउटा भिडियो शेयर गर्दै शाहको मृत्यु भएको बताएका हुन् ।

शाहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बइ दादरस्थित हिंदुजा अस्पताल लगिएको थियो भने अस्पताल पुग्दा डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।

अभिनेता शाहले थुप्रै चलचित्रको साथमा टिभि सिरियलहरुमा पनि काम गरेका छन् ।

शाहले सन् १९७० मा भगवान परशुराम चलचित्रबाट फिल्म करिअर सुरु गरेका थिए ।

उनले अभिनय गरेको ‘उमराव जान, अल्बर्ट पिन्टोको गुस्सा क्यों नहि आता (१९८१), शक्ति, जाने भि दो यारों (१९८२), पुराना मन्दिर (१९८३), मालामाल (१९८८), हिरो हिरालाल (१९८८) थानेदार (१९९०), दिलवाले दुल्हनियाँ ले जायेंगे (१९९५), जुडवा, हिरो नम्बर वान (१९९७), कल हो ना हो (२००३), मैं हुँ ना (२००४), भूतनाथ (२००७) लगायत थुप्रै चलचित्र चर्चित छन् । 

Categorized in पेजथ्री
SKIP THIS tihar2082