arin enterprises

वौध्द विद्वान फणिन्द्ररत्न बज्राचार्यको गीत सार्वजनिक

SamacharDesk – बिराज | २०७७ चैत्र २३, सोमबार

वौध्द विद्वानको साथमा नेपालभाषा साहित्यका वरिष्ठ साहित्यकार फणिन्द्ररत्न बज्राचार्यको गीत सार्वजनिक भएको छ । बिहिबार एक कार्यक्रममा बीच बज्राचार्यले रच्नु भएको गीत ‘जिमि यःम्ह यज्जु’ सार्वजनिक भएको हो ।

शिक्षाविद् साथै नेपालभाषा परिषद्का अध्यक्ष प्रा. सुवर्ण शाक्यको साथमा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर रसंगीतकार राजु सिंहले संयुक्त रुपमा गीतको लोकार्पण गर्नुभयो ।

कार्यक्रममा साहित्यकार बज्राचार्यले आफ्नी दिवंगत अर्धाङ्गिनीको सम्झनामा गीतको रचना गरेको जानकारी गराउनुभयो ।

गीतमा संगीत अनिलरत्न तुलाधरले दिनुभएको छ भने चर्चित गायक प्रवेश मान शाक्यले गाउनुभयो ।

शिक्षाविद् शाक्य, उपमेयर खड्गी, वरिष्ठ सिने पत्रकार तुलाधर लगायतले नेपालभाषा साहित्यको उत्थानमा बज्राचार्यको योगदानको चर्चा गर्नुभयो ।

Categorized in पेजथ्री