arin enterprises

विश्वमा सर्वाधिक कमाउने खेलाडी फेडरर

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १९, सोमबार

टेनिस खेलाडि रोजर फेडरर सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । शुक्रवार फोर्ब्सले सार्वजनिक गरेको रिपोर्टका अनुसार फेडररले फुटबलर क्रिस्टियानो रोनाल्डो र मेस्सी उछिनेर सर्वाधिक कमाई भएका खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेका हुन् ।

अघिल्लो वर्ष उनी धेरै कमाउने खेलाडीको पाँचौं स्थानमा थिए ।

कोरोनाभाइरस महामारीका कारण फुटबल स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको तलब कटौती भएपछि स्वीस टेनिस स्टार फेडररको लागी शीर्ष स्थानमा उक्लिन बाटो खुलेको हो ।

२० पटक ग्रान्डस्लाम जितिसकेका स्वीस स्टार रोजर फेडरर अघिल्लो वर्ष १०६.३ मिलियन डलर कमाउँदै शीर्ष स्थानमा पुग्ने पहिलो टेनिस खेलाडी बनेका हुन् । 

जसमध्ये ६.३ मिलियन डलर पुरस्कारबाट र एक सय मिलियन उनका विभिन्न १३ वटा ब्रान्डको स्पोन्सरबाट उनले कमाएका हुन ।

शीर्ष पाँचमध्ये दोस्रो स्थानमा फुटबलर क्रिस्टियानो रोनाल्डो रहेका छन्, उनको कमाई एक सय ५ मिलियन डलर रहेको छ । 

अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सी एक सय ४ मिलियन डलर कमाई सहित तेश्रो स्थानमा छन् ।

त्यसैगरी चौथो नम्बरमा ९५.५ मिलियन डलर कमाई सहित फुटबलर नेइमार जेआर छन् ।

पाँचौ स्थानमा रहेका बास्केटबल खेलाडि लेब्रोन जेम्सको ८८.२ मिलियन डलर कमाई रहेको छ ।

Categorized in स्पाेर्ट्स