arin enterprises

पाँचौ ताम्रकार फूटसल हुने

SamacharDesk – बिराज | २०७९ कार्तिक १४, सोमबार

पाँचौ ताम्रकार फूटसल प्रतियोगिता यही कार्तिक १९ गते शनिबार र २६ गते शनिबार हुने भएको छ ।

ताम्रकार समाजले वर्षेनी आयोजना गर्दै आएको फुटसलको पाँचौ संस्करण आउँदो १९ र २६ गते सानेपास्थित फिल्ड फूटसल ग्राउण्डमा हुन लागेको हो ।

प्रतियोगितामा विभिन्न समाजका ६० भन्दा बढी खेलाडीहरुको सहभागीता रहने आयोजक संस्थाले जनाएको छ । विजेता साथै उपविजेता टोलीहरुले ट्रफी, मेडलका साथै नगद पुरस्कारसमेत प्राप्त गर्नेछन् ।

ताम्रकार समाज युवा तथा खेलकुद उपसमितिबाट आयोजना गरिएको प्रतियोगिताका लागी करीब साढे आठ लाख खर्च अनुमान गरिएको समितिले जनाएको छ ।

प्रतियोगिताको लागी खेलाडी छनौट, जर्सी वितरण, प्राक्टीस म्याच, प्रमोस्नल भिडियो प्रकाशन लगायतका कार्यहरु भइसकेका छन् । प्रतियोगिता अवधिमा अण्डर १४, महिला खुल्ला तथा भेट्रान टिमले पनि प्रतिस्पर्धा गर्नेछन् ।

गत वर्ष सम्पन्न प्रतियोगीताको चौथो संस्करणमा भैरवनाथ आइरण इण्डष्ट्रीले उपाधी कब्जा गरेको थियो ।

यस वर्ष ट्रेड टावर थापाथलीस्थित द ब्रिटिस कलेज प्रतियोगीताको मुख्य प्रायोजको रुपमा रहेको छ ।

Categorized in स्पाेर्ट्स