arin enterprises

ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेश

SamacharDesk – बिकाश | २०७७ पौष २८, मंगलबार

डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दुई वटा महाभियोग प्रस्ताव पेश गरेको छ ।

गत हप्ता अमेरिकी संसद भवनमा भएको हिंसात्मक प्रदर्शनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेश गरिएको हो ।

ट्रम्पमाथि हिंसा भड्काएको र अमेरिकी संसद भवनमा भएको हिंसालाई सक्रिय रूपले प्रोत्साहित गरेको आरोप लागेको छ ।

दुई महाभियोग प्रस्तावमध्ये एउटा डेमोक्रेटिक पार्टीका सदस्य इलहान उमरले र अर्को डेमोक्रेटिक पार्टीकै जेमी रस्किनले तैयार गरेका हुन् ।

अमेरिकी संविधानको अनुसार ट्रम्पलाई पदबाट हटाउन र दोषी ठहराउनका सीनेटको दुई तिहाई मतको आवश्कता पर्दछ ।

संसदमा डेमोक्रेटिक पार्टीसँग बहुमत रहनुका साथै रिपब्लिक पार्टीकै केही सदस्यले समेत महाभियोग प्रस्तावको पक्षमा मत दिनसक्ने देखिएकोले यो प्रस्ताव पारित हुने सम्भावना बढि भएको बताईँदैछ । यद्यपि रिपब्लिक पार्टीका कुनै पनि सिनेटरले यसबारे आफ्नो विचार भने सार्वजनिक गरेका छैनन् ।

Categorized in अन्तर्राष्ट्रिय