प्रधानमन्त्री देउवालाई चलचित्रकर्मिहरुको बधाई
SamacharDesk – बिजयरत्न | २०७८ श्रावण ८, शुक्रबार

कला तथा साँस्कृतिककर्मीहरुले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई ज्ञापन गरेको छ ।
नेपाल साँस्कृतिक संघको तत्वावधानमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका कला र साँस्कृतिककर्मीहरुले प्रधानमन्त्री देउवालाइ बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् ।
सो अवसरमा साँस्कृतिक संघका सभापति तिर्थ थापा र महामन्त्री रोशनी के.सी.ले समस्त कलाकर्मीहरुकोतर्फबाट बधाई र शुभकामनास्वरुप ताम्रपत्र अर्पण गरेका थिए ।
चलचित्र कलाकार संघ FAAN का अध्यक्ष रवीन्द्र खड्काले कलाकार संघ नेपालको पहिलो पेशागत संघसंस्था भएको जानकारी गराउँदै संस्थाको उद्देश्य र गतिविधिको बारेमा बताएका थिए ।
साथमा कोरोनाको कारण मारमा परेको चलचित्र क्षेत्रको उत्थानका लागि विशेष प्याकेज ल्याउन र सबै चलचित्रकर्मीलाई प्राथमिकताका आधारमा सहज तरिकाबाट भ्याक्सिन दिन पनि खड्काले प्रधानमन्त्री समक्ष आग्रह गरे ।
प्रधानमन्त्री देउवालाई बधाई दिन कलिउडका सदाबहार नायक भुवन केसी, कलाकार संघका उपाध्यक्ष एवं वरिष्ठ कलाकार मोहन निरौला, महासचिव चेत बहादुर सिंह ’राजा’, कोषाध्यक्ष सुनिल कटुवाल, सह–कोषाध्यक्ष पवित्रा आचार्यलगायत कार्यसमिति सदस्यहरु बालुवाटर पुगेका थिए ।
त्यस्तै चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, उप महासचिव गोपाल काजी कायस्थ, निर्माता संघका गोविन्द शाहि, श्रीदेव बि. एल, वरिष्ठ चलचित्र पत्रकार विजय रत्न तुलाधर, वरिष्ठ सन्चारकर्मी तथा इनास नेपालका अध्यक्ष दयाराम पाण्डेलगायतको पनि उपस्थिती रहेको थियो ।
Categorized in पेजथ्री