"सिनेमा साइबर सेक्युरिटी"को डेडिकेटेड डेस्क सञ्चालन हुने
SamacharDesk | २०७९ चैत्र १४, मंगलबार

चलचित्र विकास बोर्डले हटलाइन नम्बर सहितको "सिनेमा साइबर सेक्युरिटी"को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ ।
मंगलबार बोर्डको हलमा एक कार्यक्रमको आयोजना गरि उक्त डेस्कको लागि सिस्टम विकासको काम सुरु भएको जानकारी दिँदै साइबर सुरक्षासँगै बोर्डलाई डिजिटल प्रविधिमा लैजाने सम्मका योजनाहरु ुडेमोस्ट्रेसनु समेत गरिएको छ ।
कार्यक्रममा रोबोटिक्स एकेडेमी अफ नेपालका फाउण्डर बिक्रान्त कार्की र आईडिया ब्रिड आईटी सोलुशनका निबेश किरण अधिकारीले संयुक्त रुपमा सिनेमा साइबर सेक्युरिटी डेस्कबारे डेमोस्ट्रेसन प्रस्तुत गरेका थिए ।
यि दुई आईटी कम्पनीले उक्त डेस्कको लागि सिस्टम विकासको काम गर्ने जनाइएको छ । नेपाली चलचित्र उद्योगले सामना गरिरहेको साइबर हमलाबाट कसरी छुटकारा पाउने बिषय र बोर्डले चाल्न लागेको कदमबारे छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले बताउनु भयो ।
"हामी सबैलाई थाहा छ, प्रविधिको विकासले हाम्रो जीवनशैलीमा महत्त्वपूर्ण परिवर्तनहरू ल्याएको छ। जसको सकारात्मक र नकारात्मक दुवै पक्षहरु रहेका छन् । टिकटक, युट्युब र फेसबुक जस्ता सामाजिक सञ्जालका माध्यमबाट नेपाली फिल्म निर्माताहरूलाई आफ्नो काम प्रदर्शन गर्न र फराकिलो दर्शकसम्म पुग्न सजिलो भएको छ। यद्यपि, यसले नै साइबर सुरक्षाको बिषयमा नयाँ चुनौतीहरू पनि सिर्जना गरेको छ ।
हामीले नेपाली चलचित्रहरू अनलाइन लिक वा पाइरेटेड भएका प्रशस्तै उदाहरणहरू देखेका छौं, जसले यस उद्योगलाई ठूलो नोक्सान पुर्यााएको छ। यसबाहेक, हाम्रा कलाकारहरूको गोपनीयता र सुरक्षामा पनि साइबर हमलाहरू हुने गरेका छन्" उहाँले भन्नुभयो, यी चुनौतिहरुलाई सम्बोधन गर्न चलचित्र विकास बोर्डले ‘चलचित्र साइबर सेक्युरिटी' सम्बन्धी डेडिकेटेड डेस्क स्थापना गर्न नीति लिँदै सक्रिय कदम चाल्ने निर्णय गरेको छ ।"
केसीले साइबर सेक्युरिटी एक जटिल मुद्दा हो भन्ने जानकारी रहेको र यसलाई बहुपक्षीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने भएकोले नेपाली चलचित्र र चलचित्रकर्मीहरुले भोगिरहेका साइबर खतराहरू न्यूनीकरण गर्न नेपाल सरकार, नेपाल प्रहरी, चलचित्र निर्माताहरू, सामाजिक सञ्जाल प्लेटफर्महरू र अन्य सरोकारवालाहरूसँग मिलेर काम गर्ने बताउनुभयो ।
साथै, उहाँले यो पहलले नेपाली राष्ट्रिय चलचित्र उद्योगको हितको रक्षा मात्र नभई नेपालको डिजिटल अर्थतन्त्रको समग्र विकासमा पनि योगदान पुर्याकउने विश्वास लिएको र चलचित्र निर्माताहरूको बौद्धिक सम्पतीको संरक्षण गर्दै थप रचनात्मकता र नवीनतालाई प्रोत्साहन गर्नतर्फ चलचित्र विकास बोर्ड सदैव दृढ रहेको बताउनुभयो ।
Categorized in पेजथ्री