arin enterprises

आगलागी सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

SamacharDesk – बिराज | २०८१ बैशाख १६, आइतबार

झिमरूक गाउँपालिका–५ मच्छिबजारमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आगलागी सम्बन्धी सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

स्थानिय वन महासंघ झिमरूक गाउँपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्यमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले आगामी दिनमा डढेलो, आगलागीका घट्नाहरू नियन्त्रणको लागि आवश्यक सामग्रीको व्यवस्थापन र आगलागीमा संलग्न व्यक्ति पहिचान गरी कानून बमोजिम कारवाहीका लागी स्थानीय नागरिक र वन समूहको महत्वपुर्ण भूमिका रहेको चर्चा गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश वन महासंघका प्रदेश सदस्य दामोदर शर्मा, स्थानिय वन महासंघ झिमरुक गाउँपालिकाका अध्यक्ष मान बहादुर जिसी र डिभिजन वन कार्यलयका कर्मचारी लगायतको उपस्थिति थियो ।

Categorized in समाज