अल्जेरियामा लागेको डढेलो ३ दिनपछी नियन्त्रणमा
SamacharDesk | २०८० श्रावण १०, बुधबार

अल्जेरियाको जंगलमा लागेको डढेलो ३ दिनपछी नियन्त्रणमा आएको छ । ३ दिनअघि देखि लागेको डढेलो हजार भन्दा बढी अग्नीनियन्त्रक र विमानको प्रयासमा हाल नियन्त्रणमा आएको हो ।
डढेलोका कारण हजारौं हेक्टर जंगल नष्ट भएको अनतर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
अल्जेरियाको उत्तरी इलाकामा रहेको बेजिया जंगलमा लागेको आगो बस्तीमा प्रवेश गर्दा थुप्रै घरहरु जलेका छन् ।
जसमा परि ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आगलागी नियन्त्रणका लागि खटेका १० सैनिक पनि रहेका छन् ।
सयौं विस्थापितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
आगलागीमा १ सय ९३ जना घाइते भएकाहरु विभिन्न अस्पतालमा उपचाररत छन् ।
Categorized in अन्तर्राष्ट्रिय