arin enterprises

नयाँपाटीको धागो काराखानामा आगालागी

SamacharDesk | २०८१ श्रावण २५, शुक्रबार

काठमाडौंको नयाँपाटीस्थित सुन्दरीजल भूमिस्थलको एक कारखानामा आगलागी भएको छ। नयाँपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार शुक्रबार अपराह्न साढे ४ बजे गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल भूमिस्थलीस्थित मनकामना ऊन कारखानामा आगलागी भएको हो।

ओखलढुंगा लिखु गाउँफालिका-४ घर भएका ५९ वर्षीय बुद्धिबहादुर कार्कीले उक्त कारखाना संचालन गर्दै आएका थिए।

आगो निभाउन ५० जना प्रहरी र २५ जना नेपाली सेनाको टोली खटिएको छ ।

काठमाडौं महानगरपालिकाको ३ वटा  तथा ललितपुर महानगरपालिकाका दमकलहरु आगो निभाउन परिचालन गरिएको छ ।

आगो कसरी लाग्यो र आगलागीबाट कति क्षति भयो भन्ने कुरा खुलिसकेको छैन ।

Categorized in राष्ट्रिय