arin enterprises

‘कैदीको पत्र’को फर्स्ट लुक सार्वजनिक

SamacharDesk – बिराज | २०७९ बैशाख १, बिहिबार

नयाँ बर्ष २०७९ को वसरमा बेलायतवाट नेपाली कथानक चलचित्र ‘कैदीको–पत्र’को फस्टलुक सार्वजनिक भएको छ । निर्माण संपन्न भएर विश्वव्यापी प्रदर्शनको तर्खरमा रहेको चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको हो ।

बेलायतमा रहेका बरिष्ठ रंगकर्मी तथा अभिनेता सनम कुमार बैरागको निर्देशनमा बनेको चलचित्र बेलायतमा आफ्नो जीवन समर्पित गरेका नेपाली साहित्यकार स्वर्गीय ईश्वर मानन्धरको कथा संग्रह कैदीको–पत्रमा आधारित छ ।

चलचित्रको सम्पूर्ण छायाङ्कन बेलायतको स्कटल्याण्डमा गरिएको छ ।

चलचित्रमा बेलायतमा रहेका नेपाली तथा विदेशी कलाकारहरुले अभिनय गरेको जानकारी निर्देशक बैरागले दिएका छन् । चलचित्रमा बेलायतका लागि पूर्वनेपाली राजदूत डा.दुर्गावहादुर सुवेदीको समेत अभिनय रहेको छ ।

भिजन संसार प्रा.लि.को व्यानरमा निर्मित चलचित्रको गीत, पटकथा तथा संवाद पनि वैरागकै रहेको छ ।

Categorized in पेजथ्री