arin enterprises

नेपालभाषाको पहिलो गजलकार मोहनकाजीको निधन

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ माघ ११, मंगलबार

नेपालभाषा साहित्य क्षेत्रको पहिलो गजलकार मोहनकाजीको निधन भएको छ । ७८ वर्षीय मोहनकाजीको हिजो राति करीब ११ बजेतिर आफु बस्दै आएको ज्ञानेश्वरको कोठामै निधन भएको हो ।

उनी लामो समयदेखि दम र पिसाब सम्वन्धि समस्याबाट ग्रसित थिए । विभिन्न समयमा उनलाई शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, सुमेरु अस्पताललगायत विभिन्न स्थानमा उपचार गरिएको थियो ।

उनको अन्त्येष्टि आज पशुपतिस्थित विद्युतीय शवदाह गृहमा सम्पन्न भएको छ । स्वर्गीय मोहनकाजीलाई उनका भाई हरिओम पति (आर.के. निर्मल) राजोपाध्यायले दागबत्ती दिएका थिए ।

नेपालभाषा साहित्य क्षेत्रमा मोहनकाजी नामले परिचित उनको नाम भने लम्बोदर पति राजोपाध्याय हो ।

उनले आफ्नो एकल रचनामा २०४२ सालमा ‘भचा भचा’ नामक गजल एल्बम सार्वजनिक गरेका थिए । नेपालभाषाको संगीत क्षेत्रमा यो नै पहिलो गजल एल्बम हो ।

यसपछि ‘याउँक च्वने’, ‘भयब्यूगु यौवन’ लगायत विभिन्न एल्बमहरुमा उनको रचना प्रकाशित भएको छ ।

आजै मात्र सार्वजनिक भएको राजेन्द्र श्रेष्ठबाट स्वर र संगीतवद्ध गीत ‘मूसःगु अयलाः’ का रचनाकार पनि स्वर्गीय मोहनकाजी नै हुन् ।

Categorized in पेजथ्री