arin enterprises

कोरोना भाइरसविरुद्ध स्टेरोइड डेक्सामेथासोन पहिलो सफल औषधी

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ २, मंगलबार

बेलायती बिज्ञहरुले स्टेरोइड डेक्सामेथासोनले कोभिड–१९ संक्रमणको गम्भीर समस्या रहेका विरामीहरुलाई बचाउन सहयोग गर्ने दावी गरेका छन् ।

विज्ञहरुका अनुसार भेन्टिलेटरको मद्दत चाहिएका कोभिड १९ का गम्भीर प्रकृतीका आठमा एक विरामीको जीवन जोगाउन डेक्सामेथासोनाले प्रमुख भूमिका खेल्नेछ । त्यसैगरी अक्सिजनको आवश्यकता परेका २५ मा एक विरामीलाई यसले बचाउन सक्छ ।

अक्सफोर्ड विश्वविद्यालय नुफिल्ड चिकित्सा विभाग संक्रामक रोग विज्ञ प्राध्यापक पिटर होर्बीले डेक्सामेथासोन कोभिड–१९ संक्रमित विरामीको स्वास्थ्य सुधार गर्न सफल पहिलो औषधि भएको बताए ।

यसको नतिजा स्वागत योग्य भएको जानकारी दिएको कुरा बीबीसीले उल्लेख गरेको छ ।

हालसम्म भेन्टिलेटरको आवश्यकता परेका कोरोना संक्रमितहरुमा आधालाई बचाउन सकिरहेको छैन । अहिलेको अवस्थामा भेन्टिलेटरको आवश्यकता भएका संक्रमितको मृत्यु टार्न सक्नु ठूलो उपलब्धी हुने बिज्ञहरु बताउँछन् ।

अनुसन्धानकर्ताहरुले बेलायतमा यो औषधिको प्रयोग संक्रमणको सुरुवाती चरणमै गर्न पाएको भए करिव ५ हजार मानिसलाई बचाउन सकिने अनुमान गरेका छन् । 

बीबीसीका अनुसार यसको ट्रायल अक्सफोर्ड युनिभर्सिटीको टिमले गरेको हो । यो ट्रायलमा अस्पतालमा उपचाररत ६ हजार जना मध्ये २ हजार कोरोना संक्रमितलाई डेक्सामेथासोन दिइएको थियो र डेक्सामेथासोन नपाएका ४ हजार जनासँग तुलना गरिएको थियो ।

अनुसन्धानको पहिलो नतिजा अनुसार डेक्सामेथासोनको प्रयोगले भेन्टिलेटरको आवश्यकता परेका कोभिड–१९ विरामी हरेक ८ मध्ये १ जना र अक्सिजन मात्र आवश्यकता परेको हरेक २५ संक्रमित मध्ये एक जनालाई रोगसँगको लडाईंमा सफलता मिलेको पनि रिर्पोटमा लेखिएको छ ।

संक्रमित मध्ये भेन्टिलेटरमा रहेका बिरामीमा मृत्युको जोखिमलाई ४० प्रतिशतबाट २८ प्रतिशतमा र अक्सिजनको आवश्यकता पर्ने बिरामीको मृत्युको जोखिमलाई २५ प्रतिशतबाट २० प्रतिशतमा झार्न सकिने वैज्ञानिकहरुको दाबी रहेको कुरा बीबीसीले जनाएको छ ।

डेक्सामेथासोन सन् १९६० तिर बाथ र दमको उपचारमा र विभिन्न अवस्थामा शरीर सुन्निएको असर कम गर्न प्रयोग भइसकेको छ ।

यो अन्य औषधिमध्ये सस्तो, विश्वभर सहज रूपमा पाइने र जटिल विरामीको स्वास्थ्यमा सुधार गर्न सफल भएको औषधि पनि हो ।

विज्ञहरुले हल्का मात्र लक्षण देखिएको छ भने उनीहरुलाई यो औषधिले खासै काम नगर्ने पनि बताएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय