arin enterprises

भारतमा बसमाथि ट्रक खस्दा ५ जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ पौष २३, बिहिबार

भारतको मध्य प्रदेशमा खरानीले भरिएको ट्रक बसमाथि खस्दा ५ जनाको मृत्यु भएको छ ।

मध्यप्रदेशको रीवा जिल्लाको गोविन्दगढ़ थाना क्षेत्रको छुहिया घाटीमा माथिबाट खरानीले भरिएको ट्रक बसमाथि खसेर भएको दुर्घटनामा करीब १० जना घाइते भएका छन् ।

४ जनाको घटनास्थलमै मृत्यु भएको थियो एक जना महिलाको उपचारको क्रममा संजय गान्धी मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई रीवास्थित संजय गान्धी मेमोरियल अस्पतालको साथमा प्राइभेट अस्पतालमा भर्ना गरी उपचार गरिँदैछ ।

स्थानीय प्रहरीका अनुसार विद्यालयका छात्रछात्राहरु र कर्मचारी लिएर जाँदै गरेको बस छुहिया घाटी पुग्दा माथिबाट ट्रक खसेको हो ।

घटनास्थलमा प्रहरीले बसमा फसेका मानिसहरुको उद्धार गरेपछि उपचारका लागि अस्पताल लगेका थिए ।

घटनापछि उक्त स्थानमा ठुलै ट्राफिक जाम भएको थियो भने पुलिस क्रेनको सहायताले बाटो खोलिसकेपछि यातायात सुचारू भइसकेको छ ।

Categorized in अन्तर्राष्ट्रिय