म्यानसिटीका पाँच खेलाडीमा कोरोना संक्रमण
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७७ पौष १८, शनिबार

र्ईंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतका क्लबका खेलाडीहरु धमाधम पोजेटिभ देखिन थालेका छन् ।
पछिल्लो समयमा खेलाडीहरु कोरोना पोजेटिभ देखिन थालेपछि केही लिगको खेलहरुमा यसको असर परेको छ । यसै क्रममा भोलि हुन गइरहेको चेल्सी र म्यान्चेस्टर सिटी बीचको खेलमा म्यानसिटीका पाँच खेलाडी मैदानमा आउन नसक्ने भएका छन् ।
यस अघि नै सिटीका ग्राबियल जिसस र केली वाल्करमा कोरोना पोजेटिभ देखिएको थियो भने अहिले अन्य ३ खेलाडीमा पनि संक्रमण देखिएको बताइएको छ ।
ग्राबियल र वाल्करमा संक्रमण पुष्टि भएपछि गत मंगलबार सिटी र एभर्टनबीचको खेल पनि स्थगित भएको थियो ।
सिटीको पाँच जना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि भोलिको खेलमा सिटीका मुख्य ५ खेलाडी मैदानमा नआउने भएका हुन् ।
सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले उनीहरु सेल्फ आईसोलेसनमा बसेको बताएका छन् ।
गत बुधबार पनि फुल्हमका खेलाडीहरुमा कोरोना पोजेटिभ देखिएपछि फुल्हम र टोटनह्याम हट्सपरबीचको खेल स्थगित भएको थियो ।
Categorized in स्पाेर्ट्स