इन्डोनेसियामा ६२ यात्रु बोकेको विमान सम्पर्कविहिन
SamacharDesk – बिकाश | २०७७ पौष २६, आइतबार

इन्डोनेशियाको राजधानी जकार्ताबाट पोन्टिनाकका लागि उडेको एउटा विमान सम्पर्कविहिन भएको छ ।
जकार्ताबाट १ः५६ बजे उडेको श्रीविजया एयर बोइङ्ग ७३७ वेस्ट क्यालिमेन्टेन प्रान्तको बाटो पुग्दा सम्पर्कबाट बाहिरिएको थियो । श्रीविजया एयरले स्थानीय समय अनुसार दिउँसोको २ः४० मा अन्तिम पटक सम्पर्क भएको बताएको छ ।
प्रत्यक्षदर्शिलाई उद्धृत गर्दै बीबीसीले एउटा विष्फोटको आवाज सुनेको बताएको छ । समुद्रमा माछा मार्नेहरुले विमान समुद्रमा खसेर विष्फोट भएको देखेको बीबीसी इन्डोनेशियन सर्भिसले बताएको छ ।
उनीहरुले त्यहाँका टापुमा धातुका केही वस्तुहरु तैरिरहेको देखेको बताइएको छ । र ती वस्तुहरु विमानकै भग्नावशेष हुनसक्ने सम्भावना देखिएको स्थानीय समाचार संस्थाहरुले जनाएका छन् ।
विमानको खोजीको लागि इन्डोनेशियाको नौसेनालाई खटाइएको छ ।
विमानमा ५६ यात्रुसहित ६२ जना यात्रा गरिरहेका थिए ।
सम्पर्कविहिन भएको विमान २६ वर्ष पुरानो भएको बताइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय