बाढी र पहिरोमा मृत्युहुने १४ पुग्यो
SamacharDesk | २०८१ आषाढ २४, आइतबार

भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण नेपाल भरमा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ।
गृहमन्त्रालयका अनुसार मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ ।
विपद्जन्य घटनामा परेर तनहुँ र स्याङ्जामा ३/३ जना, काभ्रे, पर्वत र दाङमा २/२ तथा काठमाडौं र उदयपुरमा १/१ जनाको मृत्यु भएको छ ।
शुक्रबार रातिदेखिको अविरल वर्षाले तराई मधेशमा डुबान र पहाडमा पहिरोका थुप्रै घटना घटेका छन् ।
यसबाट हालसम्म १ सय ४७ परिवार प्रभावित भएका जनाइएको छ । वर्षा र झरीले देशभरकै जनजीवन प्रभावित भएको छ ।
कोशी, नारायणी, सेतीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ । अरू विभिन्न स–साना खोला खहरे पनि उर्लिएका छन् ।
तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
Categorized in राष्ट्रिय