arin enterprises

देशकाे विकास र समृध्दिमा याेगदान दिन राजनीतिमा आएको पूर्व प्रहरी महानिरिक्षक खनालको भनाई

SamacharDesk – बिराज | २०७९ कार्तिक १७, बिहिबार

आसन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा एमालेका प्रत्यक्षतर्फका उम्मेदवार सर्वेन्द्र खनालले देशको विकास र समृद्धिमा याेगदान दिनका लागि योगदान दिन आफु राजनीतिमा आएको बताएका छन् ।

पूर्व प्रहरी महानिरिक्षकसमेत रहेका उम्मेदवार खनालले विगतमा नेपाल प्रहरीमा बसेर जसरी समाजको सुरक्षाको लागि काम गरेकाे र अब देशको समृद्धिको लागि योगदान दिने बताए ।

समाचारडेस्कसँग कुरा गर्दै उनले भने, ‘सुरक्षा क्षेत्रमा काम गर्दा जसरी जनता र समाजको सुरक्षाको लागि दृढ संकल्पका साथ समर्पित रहें, त्यसरी नै अब राजनीतिक क्षेत्रबाट समग्र देशको विकासका लागि अघि बढ्नुपर्छ भनेर राजनीति क्षेत्रमा प्रवेश गरेको छु ।’

आफुले प्रहरीबाट अवकाश पाएपछि साढे २ वर्ष समुदायमा रही एक आम नागरिकको रुपमा सामाजिक रुपमा जीवन बिताएको र त्यो अवधिमा आफुलाई राजनीतितर्फ जानुपर्ने अनुभूति भएको उनले बताए ।

‘मेरा विगतका अनुभव, सिकाई र ज्ञानलाई हेर्दा देशको विकास गर्नुछ, देशलाई समृद्धितर्फ डोर्‍याउनु छ भने अब राजनीतितर्फ अगाडी बढ्नुपर्छ भन्ने अनुभूत मलाई भयो’ खनालले भने ।

स्वार्थको राजनीति भइरहेको परिवेशमा परिवर्तन ल्याउन पनि आफु राजनीतिक क्षेत्रमा प्रवेश गरेको उनको भनाई छ ।

‘देश र जनतालाई केन्द्रमा नराखी गरिने स्वार्थको राजनीतिलाई देख्दा अब म पनि यसमा प्रवेश गर्छु र परिवर्तनका लागि केही योगदान दिन्छु भनेर आएको छु’ खनालको भनाई हो ।

आफु निर्वाचन जितेर आएपछि देशमा आयात भन्दा निर्यात बढाउने, युवाहरुलाई देशभित्रै स्वरोजगार बनाउन र यहाँका स्थानीय आदिवासी धर्म, कला, संस्कृति, सम्पदाको संरक्षणमा भूमिका खेल्ने उनले बताए ।

Categorized in राजनीति