arin enterprises

पूर्वमन्त्री डा.शाक्यको नेपालभाषाको शायरी सँग्रह प्रकाशन हुने

SamacharDesk – बिराज | २०८० जेठ २४, बुधबार

बागमति प्रदेशका पूर्वमन्त्री डा. अजय क्रान्ति शाक्यको नेपालभाषा शायरी संग्रह पुस्तक प्रकाशन हुने भएको छ ।

पूर्वमन्त्री साथै साहित्यकार डा. शाक्यको ‘जि मैन थें नायाच्वना’ शीर्षक रहेको शायरी संग्रह प्रकाशन हुन लगेको हो ।

नेपालीभाषामा यसको अर्थ ‘म मैन झैं पग्लिरहेँ’ हुन आउँछ । यस अघि उनको नेपाली कथा सँग्रह ‘म मैन झैं पग्लिरहेँ’ प्रकाशित भइसकेको छ भने सोही पुस्तकको नेपाली शायरीलाई नेपालभाषामा अनुवाद गरी प्रकाशन गर्न लागिएको हो ।

पुस्तकमा नेपालभाषाको शायरीसँगै अँग्रेजी अनुवाद समेत रहने डा. शाक्यले जानकारी दिए ।

‘मैले सुरुमा म मन झैं पग्लिरहें शिर्षक रहेको शायरी सँग्रह पुस्तक प्रकाशन गरेको थिएँ, साहित्य पारखीहरुले यो सँग्रह मन पराएको देखियो । त्यसैले अब यसलाई नेपालभाषामा अनुवाद गरेर प्रकाशन गर्न लागेको हुँ’ शाक्यले भने ।

अंग्रेजी अनुवाद समेत भएका कारण नेपालभाषा र अंग्रेजी द्विभाषिक पाठकले यो संग्रह मन पराउने उनको विश्वास रहेको छ । साथै यसले नेपालभाषा काव्यलाई अन्तर्राष्ट्रिय बजारमा समेत पुर्‍याउने अपेक्षा गरिएको छ ।

एक सांगीतिक–साहित्यिक कार्यक्रम बीच यो शायरी संग्रह विमोचनको तयारी रहेको प्रकाशक नेपालमण्डल लिट्रेचर कल्चर ट्रष्टले बताएको छ ।

डा. शाक्य नेपालभाषा सांगीतिक क्षेत्रका एक चर्चित संगीतकार समेत हुन् । उहाँद्वारा संगीतवद्ध थुप्रै गीतहरूमा प्रेमध्वज प्रधान, भीम तुलाधर, जुनु श्रेष्ठ, कुमार कान्छा, सुकमित गुरुङ लगायतका लोकप्रिय गायकहरूको स्वर दिएका छन् ।

डा. शाक्यले आफैंले बाचन गरेर आफ्ना थुप्रै शायरीहरु युट्युबमा अपलोड गरेका छन् ।

Categorized in पेजथ्री