arin enterprises

ज्योति साहित्य प्रतिष्ठानको वार्षिकोत्सवमा स्रष्टाहरू सम्मानित

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ माघ १७, शनिबार

काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानको १९औँ वार्षिकोत्सवको अवसरमा साहित्यमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गरिएको छ ।

अध्यक्ष कवि मणिराज सिंह, विश्वकवि एवम् संस्कृतिविद् तुलसी दिवसको साथै कवि शैलेन्द्र साकार र अग्रज कथाकार पुष्कर लोहनीको उपस्थितिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा श्रष्टाहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा ज्योति साहित्य सम्मानबाट उषा शेरचन, ध्रुव मधिकर्मी, सीता पाण्डे, नीलम कार्की निहारीकालाई सम्मानित गरिएको थियो । त्यस्तै ज्योति प्रतिभा सम्मान महेशराज खरेल, श्याम श्रेष्ठ, राजेश मान के.सी., राकेश कुमार झा ’रसिक’ र प्रेमकृष्ण श्रेष्ठलाई प्रदान गरियो ।

यसैक्रममा ज्योति विशिष्ट आजीवन सदस्यता सम्मान साहित्यकारहरू कल्पना मरासिनी र योगाज राजन ’कविराज’ लाई प्रदान गरियो ।

सोही कार्यक्रममा लेखक–कवि राकेश कुमार झा (रसिक) को कविता संग्रह “म पनि लेख्न सक्छु’ को लोकार्पण पनि गरिएको थियो ।

कवि जाँयस जया र विभा झाले लोकार्पित पुस्तकबाट कविता वाचन गरेका थिए । पत्रकार पूजन मिश्रले गजल वाचन गरेका थिए ।

Categorized in पेजथ्री