सुवाल र शाक्यको नेपालभाषाको गीत ‘गन वने त्यना’ सार्वजनिक
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ माघ १७, शनिबार
गायक राजेन्द्र सुवाल र गायिका विपना शाक्यको नेपालभाषाको युगल गीत ‘गन वने त्यना मयजु’ सार्वजनिक भएको छ । अडियो नेपाल युट्युब च्यानलमार्फत शुक्रवार यो गीत सार्वजनिक भएको हो ।
सुवाल र शाक्यको यस गीतलाई ई. संजय शाक्यले रचना गर्नुका साथै संगीतवद्ध समेत गरेका छन् ।
गीतको म्यूजिक भिडियोमा कलाकार शिवानी बज्राचार्य र राहुल बज्राचार्यले मुख्य कलाकारको रुपमा अभिनय गरेका छन् ।
ईमेज च्यानलको लोकप्रिय कार्यक्रम समयबजिका लोकप्रिय कलाकार साथै निर्देशक सुरेन्द्र मानन्धरले निर्देशन गरेको यो म्यूजिक भिडियो बुंगमति, नयाँ सडक र वसन्तपुर क्षेत्रमा छायाङ्कन गरिएको छ ।
कलाकार शिवानीकै परिकल्पना रहेको म्यूजिक भिडियोको कथामा दुई प्रेमीबीचको नोंकझोंक, ख्यालठट्टा र प्रेमलाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ ।
सुयोग सिंह र सविन महर्जनले छायाङ्कन गरेको दृश्यलाई ईन्द्र मानन्धरले दृश्य सम्पादन गरेका छन् ।
Categorized in पेजथ्री




