नई एकेडेमीले नेपाल भारत प्राध्यापक सम्मेलन गर्ने
SamacharDesk – विजयरत्न | २०८२ माघ ७, बुधबार
प्राज्ञिक एवम् वाङमय क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको नइ एकेडेमीले ’नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने भएको छ ।
एकेडेमिले आउँदो चैत २७, २८ र २९ गते (अप्रिल १०, ११ र १२) काठमाडौँमा उक्त सम्मेलनको आयोजना गर्न लागेको हो ।
सम्मेलनका लागि नेपाली भाषा साहित्यको विद्यावारिधि तहसम्मको पठनपाठन र अनुसन्धान हुने दुवै देशका सम्पूर्ण विश्वविद्यालयका २८ जना प्राज्ञबाट दस्ताबेज प्रस्तुत गरिने एकेडेमिले बताएको छ ।
एकेडेमीले महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीको नेतृत्वमा तीन दिने उक्त सम्मेलनको आयोजना गर्न लागेको एकेडेमिका सदस्य सचिव नरेन्द्र राज प्रसाइले जानकारी दिए ।
सम्मेलनका संयोजक प्रा.डा.महादेव अवस्थी छने भने सल्लाहकारमा प्रा.केशव सुवेदी रहेका छन् ।
Categorized in पेजथ्री




