arin enterprises

असंवैधानिक ढङ्गले संसद विघटन गरिएको पुर्वराष्ट्रपतिको भनाई

SamacharDesk – बिराज | २०७७ पौष १७, शुक्रबार

नेपाल प्रथम र पूर्व राष्ट्रपति डा. रामवरण यादवले संघीय, लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि सबै मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि एकजुट हुनुपर्ने पार्टीहरु आफु आफुभित्रै विभाजित हुन थालेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

‘अहिलेको परिस्थिति जुन छ, लोकतन्त्र, संविधान, संविधानवाद, राष्ट्रियतामाथि नै दूरगामी प्रभाव पार्ने खालको छ,’ यादवले भन्नुभयो । ‘अनिश्चितताको माहौलमा देश अहिले गइरहेको छ भन्ने मलाइ लागिरहेको छ ।’

सरकारबाट असंवैधानिक ढंगबाट जनप्रतिनिधिमूलक संस्था संसद भंग गरीएको भन्दै आपत्ती जनाउनुभयो । अब असंवैधानिक कदमलाई कसरी संवैधानिक मार्गमा ल्याउनका लागि चेतनशील नागरिक, पत्रकार सबैको कर्तव्य भएको उहाँले विचार राख्नुभयो ।

यस विषयमा अदालतलेसकारात्मक भूमिका खेल्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

तेज तीर्थ ट्रस्टबाट आयोजित सम्मान कार्यक्रममा ट्रस्टका अध्यक्ष पूर्वराज्यमन्त्री तीर्थराम डंगोलले लोकतन्त्रको पक्षमा सबै एक ढिक्का हुनुपर्नेमा जोड दिनुभयो ।

ट्रस्टबाट लोकतन्त्र, संचार र साहित्य क्षेत्रमा दिईँदै आएको यो सम्मान विगतमा प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, लोकतन्त्र दिवस जस्ता अवसरमा प्रदान गरिँदै आएकोमा यस वर्ष कोभिड–१९ का कारण राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा प्रदान गरिएको हो ।

कार्यक्रममा नेपालभाषा साहित्यतर्फ कवयित्री नारायणदेवी श्रेष्ठ र लेखक योगेन्द्रमान श्रेष्ठलाई सम्मान गरिएको थियो । पत्रकारिता तर्फ अजयबाबु शिवाकोटी र निर्मला आचार्यलाइ सम्मान गरिएको थियो भने लोकतान्त्रिक आन्दोलनका अगुवा काभ्रेका शिव कंगाल बराल पनि सम्मानि भएका छन् ।

Categorized in राजनीति