arin enterprises

पूर्व प्रधानमन्त्री भट्टराई दम्पत्तिलाई कोरोना संक्रमण

SamacharDesk – बिकाश | २०७७ कार्तिक ८, शनिबार

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पत्तिलाई कोरोना संक्रमण भएको छ ।

पूर्व प्रधानमन्त्री डा. भट्टराईले आज ट्वीट गर्दै आफु र आफ्नो पत्नी हिसिला यमिसमेतलाई कोरोना संक्रमण भएको जानकारी गराउनुभयो ।

ट्वीटमा उहाँले गत शुक्रबार गरिएको स्वाब टेस्टमा आफु र आफ्नी पत्नी हिसिलालाई कोरोणा संक्रमण पुष्टि भएको लेख्नुभएको छ ।

 ‘हिसिला र म दुबैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कार्तिक ७ गते गरिएको स्वाब परिक्षणको नतिजा पोजेटिभ आएको हो’ डा. भट्टराईले लेख्नुभएको छ ।

चिकित्सकको सल्लाह बमोजिम आफुहरु होम आइसोलेसनमै बस्ने भट्टराईले जनाउनुभएको छ ।

केही समय यता आफ्नो सम्पर्कमा आएकालाई सतर्कता अपनाउन पनि उहाँले विशेष आग्रह गर्नुभएको छ ।

Categorized in राजनीति